टाेखामा मोबाइल लुटपाट, एक जना घाइते

काठमाडौं । टोखा नगरपालिका-९ दिपज्योतीबाट बुधबार राति मोबाइल लुटपाट भएको छ ।

सुर्खेत गुरुवाकोट नगरपालिका-६ का एक पुरुषसमेत २ जनालाई ४/५ जनाको समूहमा आएका व्यक्तिले चक्कु प्रहार गरी घाइते बनाई साथमा रहेको मोबाइल लुटेर भागेकाे प्रहरीले जनाएकाे छ ।
खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको पनि प्रहरीले जनाएकाे छ ।

चक्कु प्रहारबाट घाइते भएकाहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया