‘इ प्लुटो ७जी’ र ‘एट्रान्स एनइओ’ इलेक्ट्रिक स्कुटरमा २५ हजारको अफर !

काठमाडौं । ह्वाइट लाेटस् माेटर्सले ‘Pure EV’ ब्राण्डकाे इण्डियन इलेक्ट्रिक स्कुटर नेपालमा लन्च गरेकाे छ । भारतकाे हैदराबादमा रहेकाे इन्क्युबेटेड इलेक्ट्रिक कम्पनीले निर्माण गरेकाे ‘इ प्लुटो ७जी’ र ‘एट्रान्स एनइओ’ इलेक्ट्रिक स्कुटरमा २५ हजारकाे विशेष अफर समेत दिइएकाे छ ।

नयाँ पुस्तालाई लक्षित गरी बनाइएको उक्त स्कुटर आईसीएटी क्वालिटी र एन्डरन्स परीक्षण पास भइसकेकाे छ, जुन नेपाली उपभाेक्ता र सडक अनुकुल रहेकाे कम्पनीले जनाएकाे छ । हजार २ सय वाट माेटर रहेका दुवै इलेक्ट्रिक स्कुटरहरूकाे टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ भने प्रतिचार्ज ११६ किलाेमिटर ड्राइभिङ रेन्ज रहेकाे छ । यसमा 60V 40AH लिथियम आयन ब्याट्री रहेकाे छ जुन ४ घण्टामा रि-चार्ज गर्न सकिन्छ ।

कम्पनीले ‘इ प्लुटो ७जी’ काे मूल्य २ लाख ४९ हजार र ‘एट्रान्स एनइओ’ इलेक्ट्रिक स्कुटरकाे मूल्य २ लाख २९ हजार ताेकेकाे छ । नयाँ वर्षकाे अवसरमा कम्पनीले दुवै माेडलकाे स्कुटरमा २५ हजारकाे विशेष अफर दिएकाे हाे, जसमा १५ हजार नगद छुट र  १० हजार मूल्य बराबरकाे सामानहरू छुट दिइएकाे छ ।

प्रतिक्रिया