ट्रम्प समर्थकको हिंसा : मृत्यु हुनेकाे संख्या चार पुग्याे

एजेन्सी । अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्प समर्थकले मच्चाएकाे हिंसामा ज्यान गुमाउनेकाे संख्या चार पुगेकाे छ ।

प्रहरीकाे गाेली लागेर मृत्यु हुनेमा एक महिलासहित चार जना रहेकाे वासिङ्टन प्रहरीले जनाएकाे छ । प्रहरीले घटनामा संलग्न रहेकाे आरोपमा अहिलेसम्म ५२ जनालाई पक्राउ गरिसकेकाे छ । 

ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको चुनावी जीत पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासि ट्रम्पका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका थिए ।

अमेरिकी संसद् भवन क्यापिटल बिल्डिङ्गमा  इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जित औपचारिक रुपमा घोषणा गर्न संसद्को बैठक बसिरहेका बेला हिंसा भएको हो । अहिले त्यहाँ कर्फ्यू लगाइएको छ। कर्फ्यू स्थानीय समयानुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ । अधिकारीहरुले क्यापिटल बिल्डिङ्ग भने सुरक्षित रहेको बताएका छन् ।

प्रतिक्रिया