२ हजारको मोबाइल किन्दा १५ हजारको मोबाईल उपहार

चितवन । रत्ननगरको मुटु सौराहा चोकमा रहेको सगरमाथा मोबाईल हाउसबाट मोबाईल खरिद गरेका हर्कबहादुर क्षेत्रीले एप्पो मोबाईल उपहार पाएका छन् ।

क्षेत्रीले सो मोबाइल हाउसबाट २ हजारको मोबाइल खरिद गरेका थिए । आज बुधबार गरिएको लक्की ड्र मार्फत उनलाइ एप्पो वान के मोबाइल उपहार परेको सगरमाथा मोबाईल हाउसका संचालक शंकर पौडेलले बताए ।

एक एक महिनाको अबधिमा मोबाईल खरिद गर्ने ग्राहक बिच लक्की ड्र गरेर उपहार योजना ल्याएको थियो । सोही उपहार योजना अन्तर्गत यो महिनामा क्षेत्रीलाई मोबाईलनै उपहार परेको हो ।

उपहार प्राप्त गरेका क्षेत्रीले पहिलो पटक उपहार परेको सुनाउदै खुसी लागेको प्रतिक्रिया दिए । पुर्बी चितवन पत्रकार संघका सचिव ध्रुवराज खनालले क्षेत्रीलाई मोबाईल उपहार हस्तान्तरण गरे ।

अघिल्लो महिना रत्ननगर ८ का हेमराज महतोलाइ ४२ इन्चको टिभी उपहार परेको थियो । सगरमाथा मोबाईल हाउसले प्रत्येक महिना केही उपहार राखेर यो योजना सुरु गरेको हो ।

प्रतिक्रिया