पौष २३ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

वि.सं.२०७७ साल पौष २३ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–नवमी,३८ घडी ४९ पला,बेलुकी १० बजेर २९ मिनेट उप्रान्त दशमी । नक्षत्र–चित्रा,१९ घडी ५१ पला,दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त स्वाती । योग–सुकर्मा,३४ घडी ४२ पला,बेलुकी ०८ बजेर ५० मिनेट उप्रान्त धृति । करण–तैतिल,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २६ घडी ०२ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५८ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखी बिहान ८ बजेर १६ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखी बिहान ९ बजेर ३४  मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर ३५ मिनेटदेखी बिहान १० बजेर ५२ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५३ मिनेटदेखी मध्यान्ह १२ बजेर १० मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर ११ मिनेटदेखी दिउसो १ बजेर २८ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर २९ मिनेटदेखी दिउसो २ बजेर ४७ मिनेटसम्म  काल बेला ।
दिउसो २ बजेर ४८ मिनेटदेखी बेलुकी ४ बजेर ०५ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ०६ मिनेटदेखी बेलुकी ७ बजेर ०५ मिनेटसम्म अमत बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।राहुकाल
दिउसो ०१ बजेर २८ मिनेटदेखी दिउसो ०२ बजेर ४६ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दाम्पत्य सम्बन्ध वा माया प्रेममा बृद्धि हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । छोटो दुरिको रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा विपरित लिङगको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावासय अन्य दिन भन्दा फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेकोछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ  । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ  । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग विचार नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेकोछ । जानकार व्यक्ति वा गुरुजनको सहयोगले आत्मबल बढ्ने तथा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बन्दव्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाति रहनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ । तरपनि कृषि तथा पशुपालनमा र बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । तरपनि यात्रा गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न पनि सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बीचको सम्बन्ध सौहार्दपूर्ण रहनेछ भने तपाईबाट राम्रा काम हुने हुनाले सम्मान प्राप्त हुनेछ । संगित एवमं साहित्यमा रुची जाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ । मिहिनेतले जीवनशैली परिवर्तन हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । लेखनकला साहित्यको क्षेत्रमा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहनेछ । आफन्त तथा अरुको लागि समय दिनुपर्दा आफ्नो काम थाति रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले आवश्यक स्रोत साधन जुटाई दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ । विशिष्ट व्याक्तिहरु नजिक हुनेछन् भने प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । शुभ समाचारले मन प्रशन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्ति हरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त बीच घरायसी कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाती राख्दा राम्रो हुनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला । भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया