नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । शेयर बजार मापन गर्ने नेप्से परिसुचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से सूचक बुधबार १३.०७ अंकले बढेर अहिलेसम्मकै सर्वाधिक २ हजार १ सय ७८ दशमलव ५७ विन्दुमा पुगेको हो ।

आइतबार बढेर कीर्तिमान बनाएको नेप्से परिसूचक सोमबार र मंगलबार सामान्य घटेपछि बुधबार नयाँ उचाइमा पुगेको हो ।
बुधबार २ सय ५ कम्पनीको ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३ सय ३९ रुपैयाँको शेयर किनबेच भएको छ ।

यो दिन सबैभन्दा धेरै निर्जीबन बीमा समुह ११२.६६ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह ५६.३१, जीवन बीमा समुह २४.८३, विकास बैंक समुह २२.९५ र बैंकिङ समूह ११.८ अंकले बढेको छ । बजार बढेपनि ब्यापार र जलविद्युत समुहको परिसूचक भने घटेको छ ।

बुधबार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २१ करोड ३३ लाख ८६ हजार ७ सय ४३ रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स कम्पनीको २० करोडभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ४४ लाख भन्दा बढीको किनबेच भएको छ ।

प्रतिक्रिया