खानेपानीमन्त्री थापालाई जाजरकोटमा कालो झण्डा

काठमाडौं । कामचलाउ केपी ओली सरकारका खानेपानीमन्त्री मणिचन्द्र थापालाई कालो झण्डा देखाइएको छ ।

ओली समूहको प्रशिक्षणको लागि जाजरकोट पुगेका मन्त्री थापालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय अखिलका नेताहरुले कालो झण्डा देखाएका हुन् ।

प्रशिक्षण सकेर नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका–४ बोहरामा कालो झण्डा देखाएइएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मकालु खबरलाई जानकारी दिए । ‘मन्त्रीज्यूलाई कालो झण्डा देखाइएको हो’, प्रजिअ बरालले भनेका छन्, ‘हामीले थप छानविन गरिरहेका छौँ । मान्छे को हो भनेर पत्ता लागिसकेको छैन । मैले निर्देशन दिएको छु । बुझ्ने काम हुँदैछ ।’

दाहाल–नेपाल नेतृत्वको नेकपा छोडेर ओली नेतृत्वको नेकपामा आएका मन्त्री थापा कार्यकर्ता प्रशिक्षणका लगि जाजरकोट पुगेका थिए ।

प्रतिक्रिया