खैरो हेरोइन सहित दुई पक्राउ

भरतराज शर्मा (गोपाल)

धरान । अवैध लागुऔषध खैरो हेरोइन सहित २ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ का २४ वर्षीय सचिन प्रधार र मोरङको केराबारी गाउँपालिका ५ का २४ वर्षीय सन्दिप राई रहेका ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार राती करिब ७ बजे प्रधानलाई शंंकास्पद अवस्थामा फेलापारेपछि खानतलासी गर्दा १ ग्राम खैरो हेरोइन फेला परेको थियो ।

उक्त खैरो हेरोइन बरामद भएसंगै प्रारम्भिक सोधपुछका क्रममा राईबाट खरिद गरेको बताएपछि राईलाई धरान ६ पानबारीमा फेलापारी उनिमाथी पनि चेकजाँच गर्दा ७ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैलाई सुनसरी जिल्ला अदालतमा लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ

यस्तै इनरुवामा छुरा प्रहार गरी लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगंज गाउँपालिका वडानम्बर ५ घर भई इनरुवा नगरपालिका १ बस्ने २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र सप्तरीको महदेवा गाउँपालिका ५ तोपा घर भई इनरुवा १ बस्ने २१ वर्षीय मुकेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार उनिहरुले पौष १७ गते बिहान इनरुवा नगरपालिका वडानम्बर २ का अजय पन्डितलाई छुरा प्रहार गरी मोवाइल तथा नगद लुटपाट गरेका थिए ।

सफारी चालक रहेका पन्डितलाई यात्रु बनेर चढेका मण्डल र ठाकुरले बिचबाटोमै रोकी घाटि, ढाड र टाउकोमा छुरा प्रहार गरी उनको साथमा रहेको नगद तथा मोवाइल लुटेर लगेको भन्दै घाइते अवस्थामा रहेका पन्डितले दिएको जानकारीको आधारमा खोजतलास गर्ने क्रममा आइतबार उनिहरूलाइ पक्राउ गरेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुबैलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको छ ।

प्रतिक्रिया