गैंडाको आक्रमणबाट महिलाको मृत्यु

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी एक महिलाको गैडाको आक्रमणबाट ज्यान गएको छ ।

मंगलबार दिउसो साथीसँगै घाँस काट्न गएकी रत्ननगर नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया माया झाँक्रीलाई गैडाले आक्रमण गरेको थियो ।

उनीसँगै गएका अन्य दुइजना भने भागेर ज्याज जोगाउन सफल भएका थिए । ४० वर्षीया झाँक्रीको शव निकुञ्जको कोर इलाकामा फेला पारिएको थियो ।

प्रतिक्रिया