सुनको मूल्य बढ्यो (मूल्यसहित)

काठमाडाैं । स्थानीय बजारमा आज सुनकाे मूल्यमा एक हजार १०० ले वृद्धि भएको छ ।

साेमबार प्रतिताेला ९५ हजार ३ सयमा काराेबार भएकाे छापावाला सुन आज (मंगलबार) प्रतितोला ९६ हजार ४०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० ताेकिएकाे छ । साेमबार तेजाबी सुन ९४ हजार ८०० मा काराेबार भएकाे थियाे ।

यस्तै चाँदीकाे मूल्य पनि आज १० रूपैयाँले बढेकाे छ । चाँदी आज प्रतिताेला एक हजार ३३५ मा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया