इंग्ल्याण्डमा फेरि लकडाउन, स्कुल र कलेज बन्द

काठमाडाैं । इंग्ल्याण्डमा फेरि लकडाउन गरिएकाे छ । काेराेना भाइरस (काेभिड १९) संक्रमणकाे नयाँ लहर तीव्र रूपमा फैलँदै गएपछि इंग्ल्याण्ड सरकारले पुनः लकडाउन गरेकाे हाे ।

त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनका अनुसार नयाँ लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहन सक्नेछ । कोरोना संक्रमणको दर बढेकाे याे अवस्थामा आउँदो हप्ताहरु निकै कठिन हुने उनले बताएका छन् ।

लकडाउन भएसँगै त्यहाँका स्कुल तथा कलेज मंगलबारदेखि बन्द भएका छन् । अनलाइन कक्षा मार्फत् विद्यार्थीकाे अध्ययन जारी राखिएकाे छ । स्वीकृति प्राप्त नागरिकहरू मात्रै घर बाहिर निस्कन पाउनेछन् ।

प्रतिक्रिया