साउथह्याम्पटनसँग लिभरपुल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटनले शीर्ष स्थानको लिभरपुललाई पराजित गरेको छ ।

सोमबार राति अवे मैदानमा भएको खेलमा भएको खेलमा साउथ ह्याम्पटनले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेकाे हाे । घरेलु टोली साउथह्याम्पटनका लागि दोस्रो मिनेटमा नै ड्यानी इनग्सले गरेको गोल नै निर्णायक बन्न पुग्याे ।

जितसँगै १७ खेलमा २९ अंक जोडेको साउथह्याम्पटन छैँठाैँ स्थानमा उक्लिएको छ ।

लिभरपुलकाे भने याे सिजनको दोस्रो हार हाे । याेसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ । यद्यपी १७ खेलमा ३३ अंकसहित लिभरपुल शीर्ष स्थानमै रहेकाे छ ।

प्रतिक्रिया