धरानमा प्रचण्ड–माधव समुहद्वारा १५०१ सदस्यीय आन्दोलन कमिटी गठन

भरतराज शर्मा (गोपाल)
धरान । संसद विघटन विरुद्ध आन्दोलन गर्न सुनसरीको धरानमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन परिचालन कमिटी गठन गरेको छ ।

आज सोमबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको विस्तारित बैठकले १५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको हो ।

समितिको संयोजकमा प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन्द्र बिक्रम बेघालाई राखिएको छ भने सह संयोजकमा जिल्ला कमिटी सचिवालय तथा नगर इञ्चार्ज फोक्वाहाङ मेन्याङवो चोत्लुङलाई राखिएको छ । समितिको सचिवमा धरान नगर अध्यक्ष नारायण सुवेदी रहेका छन् ।

यस्तै, आन्दोलन परिचालन कमिटीको कार्यालय सदस्यहरुमा प्रदेश सदस्य, जिल्ला सदस्य र नगरको कार्यालय सदस्यहरु रहने गरी समिति गठन गरिएको नगर कमिटी सचिव सुर्दशन श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै, बैठकले विभिन्न ३ वटा उपसमिति पनि गठन गरेको छ । स्थानीय निकाय र प्रहरी प्रशासनसँग समन्वय गर्न संसाद जयकुमार राई संयोजक रहेको उपसमिति गठन गरिएको नेकपा धरान नगर सचिव श्रेष्ठले जानकारी दिए ।

उक्त समितिको सदस्यमा उमिता वराइली र सावित्री जोशी श्रेष्ठ छन् । यस्तै, आर्थिक समिति संयोजकमा चोत्लुङ र सदस्यहरुमा राजमणी निरौला, सुर्यबहादुर भट्टराई (मनोज) छन् । उनी वडा नं १७ का वडा अध्यक्ष पनि हुन् । यस्तै, युवा परिचालन उपसमितिको संयोजकमा पदम लिम्बु रहेका छन् भने सदस्यहरु हरि लिम्बु र हिमाल लिम्बु रहेका छन् ।

बिहान ११ बजे बसेको सो बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौलाले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी बुर्जुवा पार्टीमा पतन भएर जाने बताएका थिए ।

प्रतिक्रिया