खुकुरी म्युजिक नेशन प्रतियोगिताका लागि शीर्ष १६ जनाको नाम सार्वजनिक

काठमाडौं । खुकुरी म्युजिक नेशन प्रतियोगिताको शीर्ष १६ प्रतियोगीहरुको नाम सार्वजनिक भएको छ । प्रतियोगितमा सहभागी हुन आवेदन दिएकामध्ये शिर्ष १६ मा स्थान जमाउन सफल भएका प्रतियोगीको नाम जनवरी १ तारिखमा खुकुरीको आधिकारिक युट्युब च्यानल र डिस होममार्फत सार्वजनिक गरिएको थियो ।

खुकुरी म्युजिक नेशनको ब्यानरमा खुकुरी म्युजिकले भर्चुअल साँगीतिक प्रतियोगिता शुरुवात् गरेको छ । यो भर्चुअल प्रतियोगिताले नेपाली संगीतका उदयमान प्रतिभालाई आफू स्वयम् र उनीहरुका प्रियजनकोसमेत स्वास्थ्य सुरक्षा सुनिश्चित् गर्दै आफ्नै घरबाट आफ्नो सांगीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।

घोषित शीर्ष १६ प्रतियोगीहरु ऋनिश श्रेष्ठ, अन्जान रानाभाट, युनिक बज्राचार्य, किरण भुषाल, महेश चापागाईं, मोनिका राई, सन्देश गुरुङ्ग, सागर राई, सन्तोष घले, उमितश्रेष्ठ, सबिन मगर, राजु गुरुङ्ग,दर्शिका रेग्मी, कुसुमगिरी, अशिमथापा, र जिग्मे बाङचुक रहेका छन् । प्रतियोगिताको लागि नेपालभित्र रहेका र नेपालबाहिर बसेका नेपालीहरुले सहभागीता जनाएका थिए ।

शिर्ष १६ प्रतियोगीहरुको चयनविपुल क्षेत्री, समृद्धि राई र सबिन राईसहितको निर्णायक मण्डलले गरेको थियो । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले प्रतियोगिताको लागिउनीहरुको आफ्नो सांगीतिक कभर भिडियो आधिकारिक वेबसाइट खुकुरी म्युजिकडटकम माअपलोड/सम्मिलित गराएका थिए । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्नेछन् । आफ्नो मनपर्ने प्रिय कलाकारलाई प्रशंसकहरुले खुकुरीम्युजिकडटकम मा गएर भोट गर्न सक्नेछन् ।

संगीतसँग खुकुरी रमको सधैं सम्बन्ध रहँदै आएको छ । आफ्नो उपलब्ध मञ्चबाट नेपाली संगीतको विविधतालाई प्रवद्र्धन गर्नु खुकुरी रमको प्राथमिकतामा पर्दछ । खुकुरी यो मान्यता राख्छ कि नेपाली संगीत नै एक त्यस्तो तत्व हो जसको कारण हामी ठोकुवाका साथभन्न सक्छौं “गर्वका साथ नेपाली” ।

प्रतिक्रिया