चार जिल्लामा चार जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न चार जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन् ।

इलामकाे रोङ गाउँपालिका-३ तिनकुटीडाँडा हाँसपोखरी ढलुवा पाखामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै रुकुम (पश्चिम) काे मुसिकोट नगरपालिका-१४ हिलहाल्ने भिरमा त्रिवेणी गाउँपालिका-१० टोडके बस्ने ५४ वर्षीय हरि बहादुर खड्का सोमबार मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । शनिबारदेखि हराई बेपत्ता भएकाले खोजी गर्ने क्रममा उक्त ठाउँमा उनको शव फेला परेको हो ।

उता बर्दियाकाे बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ३२ वर्षीय सुरेश परियार सोही नगरपालिका-८ स्थित बबई सिचाईँ नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन् भने कास्कीकाे पाेखरा महानगरपालिका-२० भलाममा हाल नाम, थर, वतन नखुलेका ज्यामी काम गर्ने करिब ५१ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

हत्या हाे या हाेइन भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेकाे छ ।

प्रतिक्रिया