गरगहना र एक डेढ लाख बढी नगदसहित रामेछापका थापा पक्राउ

रामेछाप । सुन जस्ताे देखिने पहेँलाे धातु र नगदसहित एक जना पक्राउ परेका छन् ।

सुन जस्तो देखिने पहेंलो धातुका गहना र नगद १ लाख ६३ हजार रुपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेमा मन्थली नगरपालिका-४ सालु पाखाबारीबाट कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय सुरेश थापा रहेका छन् ।

प्रहरी चौकी सालु रामेछापबाट खटिएको प्रहरीले थापाको साथबाट उक्त नगद तथा सुनजस्तो देखिने पहेँलो धातु २ पिस, ३० थान विभिन्न किसिमका गहना, १ थान लकेट, १ थान सिक्री, २ थान बाला, १ थान पहेलो धातुसँग रुद्राक्ष जोडिएको गलामा लगाउने माला, १ थान घडी, १ थान मोबाईल र लु ६८ प ६५६० नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया