जीवनपर्यन्त सम्बन्धको एक दशक–उत्सव मनाउँदै राकुटेन भाइबर

काठमाडौं । राकुटेन भाइबर १० वर्षमा प्रवेश गरेको छ । भाइबरले आफ्नोे सेवा सन् २०१० मा अन्तर्राष्ट्रिय मोबाइल प्रयोगकर्ताहरुलाई निःशुल्क कलहरुको सुविधा दिन एक वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउने सामान्य लक्ष्यका साथ शुरु गरेको थियो ।

त्यस बेलादेखि यसले धेरै विकास गरिसकेको छ । उद्योग अवरोध गर्दै र एक बृहत्तर सञ्चार माध्यम बन्दै यसले हाल मेसेजिङ्ग, ग्रुप च्याट्स, अडियो भिडियो कलहरु, कम्युनिटीहरु र च्याटबटहरु जस्ता खास प्रकृतिका विशेषताहरु सहितको सेवा उपलब्ध गराइरहेको छ । साथै यी सेवाहरु प्रदान गर्दागर्दै भाइबरले आफ्ना प्रयोगकर्ताहरु प्रतिको सबैभन्दा मुख्य प्रतिबद्धता उनीहरुको गोपनीयतालाई पनि कायमै राखिरहेको छ ।

यो सन् २०१४ को सन्दर्भ हो, जब भाइबर राकुटेन इनकर्पोरेटेडको एक हिस्सा बन्यो, जो वित्तीय सेवाहरु र इ–कमर्सको क्षेत्रमा विश्वको अग्रणी संस्था मानिन्छ । सन् २०१८ मा गरिएको कम्युनिटीजको शुभारम्भ पनि कम्पनीको लागि एक बृहत कोसेढुंगा थियो, जसले एडमिनहरुलाई सुपरग्रुप च्याटको सिर्जना गरी असीमित संख्यामा मानिसहरुलाई सहभागी गराउन सशक्त बनाएको थियो । त्यसपछिको वर्षमा भ्वाइस कल विशेषताको शुरुवात गरिएको थियो ।

गएको एक दशकमा भाइबर निःशुल्क, अन्तरक्रियात्मक एवम् सुरक्षित सन्देश आदान प्रदानको लागि एक घरेलु नाम बनिसकेको छ, जसले मानिसहरुलाई उनीहरुले चाहेको जोकोहीसँग जहाँकहींबाट सम्बन्ध कायम गर्न अनुमति दिन्छ ।

‘भाइबरको बितेको १० वर्षको यात्रा हामी प्रति आफ्नो व्यक्तिगत सञ्चारका साथ विश्वास गर्नु हुने करोडौं शुभेच्छुकहरुको साथ बिना सम्भव हुने थिएन र उनीहरुकै साथमा हाम्रो प्रगति आजको स्थानमा आइपुगेको छ । भाइबरमा हामी सधैं नै हाम्रा प्रयोगकर्ताहरुलाई विश्वसँग उनीहरुको सम्पर्क बनाइराख्नका लागि निःशुल्क र सुरक्षित माध्यम उपलब्ध गराउनमा प्रतिबद्ध छौँ’, राकुटेन भाइबरको सिइओ जमेंल अगाउवाले भने ।

यस्तै राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जमेंन्स्कायाले यसको आरम्भ सबै मानिसहरुलाई उनीहरुका प्रियजनसँग सम्पर्क बनाइदिने एकदम सामान्य उद्देश्यबाट भएको बताइन् । उनले भनिन्, ‘भाइबरले सदैव आफ्ना प्रयोगकर्ताहरुका लागि अग्र स्थानमा रहने लक्ष्य लिएको छ, जुन हामी सधैँ नै छौँ ।’

प्रतिक्रिया