न्यान्सी पेलोसी पुनः अमेरिकी सभामुख

एजेन्सी । अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित भएकी छन् । उनी चौंथो पटक हाउस अफ रिप्रिजेनटेटिभको सभामुखमा निर्वाचित भएकी हुन् ।

१७ वर्ष तल्लो सदनको प्रमुखका रुपमा काम गरेकी पेलोसीलाई सभामुखमा अरुले चुनौती दिएका थिएनन् । उनी सन् २००६ मा पहिलोपटक सभामुख बनेकी थिइन् । उनी सो पदमा पुग्ने पहिलो महिला हुन् ।

आइतबार भएको मतदानमा उनले २१६ मत पाइन् । रिपब्लिकनहरु उनीविरुद्ध एकतावद्ध थिए । तल्लो सदनका रिपब्लिकन लिडर केविन म्याकर्थीले २०९ मत पाए ।

प्रतिक्रिया