ला लिगा: एट्लेटिको शीर्ष स्थानमा

काठमाडौं । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा डिपोर्टिभो अल्भेसलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।

१० खेलाडीमा सिमित अल्भेसविरुद्ध एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे । अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

जितपछि एट्लेटिकोको १५ खेलबाट ३८ अंक पुगेको छ भने रियल म्याड्रिडको १७ खेलबाट ३६ अंक छ । पराजित एलाभेस १८ अंकसहित १४औं स्थानमा छ ।

प्रतिक्रिया