निको भए ९७.२ प्रतिशत कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ । हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म नेपालमा कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गएको बुधबारदेखि आइतबारसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा तीन हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। काठमाडौँमा उपत्यकामा (भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६०) १९७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । गत बुधबारदेखि आइतबारसम्म ३८ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । –रासस

प्रतिक्रिया