माछापुच्छ्रे बैंक र अग्नी इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ । महिन्द्रा ब्राण्डको गाडी खरिद गर्नेे ग्राहकलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सँम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा अग्निइन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयमार्फत र अग्नी इन्कर्पोरेटेडका देशभरका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंले १६० वटा शाखा, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम तथा १ हजार भन्दा बढि पिओएस मार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।

प्रतिक्रिया