जिम्मेवारी टुंगो लगाउन माधव नेपालको संयोजकत्वमा कार्यदल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । आइतबार पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा  कार्यदल गठन गरेको छ ।

कार्यदलले पार्टीभित्रको विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप गृहकार्य गर्ने स्थायी कमिटी सदस्य मातृका यादवले मकालु खबरलाई जानकारी दिए । ‘अध्यक्ष कमरेड माधव नेपालको संयोजकत्वमा कार्यदल गठन भएको छ । मूलतः त्यसले पार्टीभित्रको जिम्मेवारीलाई नै केन्द्रमा राखे काम गर्नेछ’, पूर्वमन्त्रीसमेत रहेका कमिटी सदस्य यादवले भनेका छ्न ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेपछि अघोषित रुपमा विभाजन भएको नेकपाले अहिले छुट्टाछुट्टै पार्टी कमिटीहरुको बैठक बोलाइरहेको छ ।

प्रतिक्रिया