दाहाल–नेपाल पक्षीय स्थायी कमिटी बैठक शुरु

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ ।

बैठक पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा शुरु भएको प्रचण्ड सचिवालय जनाएको छ । बैठक पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखा परेको समस्याबारे केन्द्रित हुने बताइएको छ ।

दाहाल–नेपाल पक्षीय स्थायी कमिटी बैठक कोटेश्वरमा बसिरहँदा केपी शर्मा ओली भने बबरमहलस्थित कार्की बैङ्क्वेट पुगेका छन् । त्यहाँ उनले अनेरास्ववियुद्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया