संकटा क्षेत्रमा राखिएकाे छाता हटाइयो

काठमाडाैं । संकटा क्षेत्रमा राखिएकाे छाता हटाउन थालिएकाे छ । व्यापार बढाउन राखिएकाे छाताले भीड मात्रै बढाएर व्यापार उल्टाे घटाएपछि साे क्षेत्रमा राखिएकाे छाता शनिबारदेखि हटाउन सुरू गरिएकाे हाे ।

आवत–जावत तथा ट्राफिक व्यवस्थापनमा समेत समस्या आएपछि छाता हटाइएकाे संकटा क्लबले जनाएकाे छ । क्लबका अनुसार उक्त क्षेत्रमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेका थिए ।

संकटा क्षेत्र छाताले श्रृंगारेसँगै आन्तरिक पर्यटकको घुइँचाे लाग्ने गरेकाे थियाे । केही व्यापारीहरूले व्यापार समेत बढेकाे बताएका थिए ।कतै भने भीडकै कारण ग्राहक आउन नसकेको व्यापारीहरूले गुनासाे गरेका थिए ।

संकटा क्षेत्रमा पुस ५ गतेदेखि छाता राख्न सुरू गरिएकाे थियाे । स्थानीयबासी, संकटा क्लव र वडाको सहकार्यमा सो छाता राखिएको हो । करिब ४०० वटा जति छाता आकाशमा झुण्ड्याइएकाे थियाे ।

प्रतिक्रिया