महिला क्रिकेटमा प्रदेश १ च्याम्पियन

काठमाडाैं । प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनलमा विभागीय टिम एपीएफलाई ६ रनले हराउँदै प्रदेश १ नयाँ च्याम्पियन बनेको हो ।

१ सय ६ रनको लक्ष पाएको एपीएफ २० ओभरमा सात विकेट गुमाउँदै ९९ रनमा समेटियो ।

एपीएफका ममता चौधरी र करुणा भण्डारीले छैटौं विकेटका लागि ६४ रनको साझेदारी गरेपनि टीमलाई जिताउन सकेनन् । ममताले ४३ र र करूणा भण्डारीले अविजित २६ रन बनाए ।

प्रदेश १ का लागि रूविना क्षेत्री र अलिशा खडियाले २–२ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनाएको थियो ।
प्रदेश एकका लागि अप्सरी बेगमले ३४ र काजल श्रेष्ठले अविजित २७ रन बनाए ।

एपीएफकी बलिङमा सिता रानामगरले तीन विकेट लिइन ।

प्रतिक्रिया