दाजु निरञ्जनको निधनसँग शेखर कोइराला मर्माहत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको दाजु निरञ्जन कोइरालाको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित बनेका उनको भारतको नयाँ दिल्लीमै निधन भएको हो ।

सोबारे ट्वीटर ह्याण्डलमार्फत् जानकारी दिँदै नेता कोइरालाले आफू अभिभावक विहीन भएको बताएका छन् । निरञ्जनको निधनले आफूसँगै परिवार मर्माहत भएको उल्लेख गर्दै नेता कोइरालाले लेखेका छन्, ‘निरुदाको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं । म आफू आजबाट अभिभावक विहीन भएको छु ।’

नयाँ दिल्लीमै व्यवसाय गर्दै आएका निरञ्जनले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए ।

प्रतिक्रिया