‘राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुने बताएका छन् ।

बादलले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको र त्यस्तो खालको अभिव्यक्ति दिनेमाथि कारबाही हुने बताएका हुन् ।

आइतबार अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले बुझाएको ज्ञापनपत्र बुझ्दै बादलले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानविन गर्ने बताएका हुन् ।

बादलले भनेका छन्, ‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो । त्यसबारेमा छनबिन भइरहेको छ । कारबाही गर्न निर्देशन दिएको छु ।’

प्रतिक्रिया