जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेकाे अभियाेगमा ललितपुर, भाेजपुर र भक्तपुरबाट चार जना पक्राउ परेका छन् ।

ललितपुरमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो ललाई-फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएकाे छ । प्रहरीका अनुसार गेष्ट हाउसबाटै उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।

यस्तै भोजपुरमा ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका-५ होम्ताङ बस्ने ४५ वर्षीय जय कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मंसिर ३ गते ती महिलाको घरमा कोही नभएको अवस्थामा राईले उनलाई जबरजस्ती करणी गरेका हुन् ।

भक्तपुरमा पनि एक बालिका बलात्कृत भएकी छिन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २८ वर्षीय नवराज कार्की पक्राउ परेका छन् । ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरील टाेलीले कार्कीलाई नियन्त्रणमा लिएकाे हाे ।

यी घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया