मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रतिनिधि सभा विघटन : सर्वोच्चलाई लिखित जवाफ दिँदै राष्ट्रपति कार्यालय 

काठमाडौं । प्रतिनिधि सभा विघटनबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई जवाफ दिने तयारी थालेको छ ।

पुस ५ गते मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । संविधानको धारा ७६ र ८५ लाई टेकेर अनुमोदन गरेको उनकाे दाबी थियाे । साथै उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति समेत घोषणा गरेकी थिइन् । तर उक्त धारामा प्रधानमन्त्री बनाउने विकल्पहरु दिएको र नभएमा मात्र विघटन हुने भनिएकाे हुँदा राष्ट्रपति र प्रधानमन्त्रीकाे यो कदमविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन रिट दायर भएकाे थियाे ।

साे निर्णय असंवैधानिक भएकाे भन्दै सर्वाेच्चमा रिट परेकाे हाे । रिटमा छलफल गर्दै सर्वाेच्चले विघटनकाे कारण मागेपछि राष्ट्रपति कार्यालयले आज (आइतबार) लिखित जवाफ दिने तयारी गरेकाे हाे ।

राष्ट्रपति कार्यालय र सरकारले आजै लिखित जवाफ महान्यायाधिवक्ताकाे कार्यालयमार्फत सर्वोच्चमा लिखित जवाफ पेस गर्नेछ । संघीय सचिवालयसँग अविश्वास प्रस्ताव दर्ताकाे समय र प्रक्रिया, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूकाे बारेमा विवरण समेत उपलब्ध भएपछि पुस २२ गते उक्त र रिट तथा निवेदनमा निरन्तर सुनुवाइ गर्ने सर्वाेच्चकाे तयारी छ ।

प्रतिकृयाहरु
Loading...