यामाहा स्कुटरको माइलेज च्यालेन्ज

चितवन । पूर्वी चितवनका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसले आज शनिवार स्कुटरको माईलेज च्यालेन्ज कार्यक्रम गरेको छ ।
हालै नेपाली बजारमा आएको रे जेड आर १२५ सिसि स्कुटरको माइलेज च्यालेन्ज गरिएको हो । सो कार्यक्रममा २६ जना रे जेड आर १२५ सिसि स्कुटर चढने ग्राहकहरु सहभागी थिए ।

खैरहनी ८ पर्साबाट सुरु गरी खुरखुरे बजार, शान्तिबजार, सौराहा हुँदै पर्सासम्म प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा माइलेज ८१.४२ ल्याई विजेता भएका इश्वर बाबु त्रिपाठी, ८०.९४ ल्याई फस्ट रनरअप भएका यादव प्रसाद कट्ठेल, ७९.५३ ल्याइ सेकेन्ड रनर अप भएका विमल अधिकारीलाई एम.ए डब्लु इन्टरप्राइजेजका क्षेत्रीय सेल्स म्यानेजर राम बोगटी, कालिका यामाहा मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारी र सामाजिक अभियान्ता मुरली प्रसाद गजुरेलले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको व्यवस्थापन टाँडी शाखा प्रबन्धक रामचन्द्र कोइरालाले गरेका थिए । कालिका मोटरसाईकल पार्टसले प्रत्येक मोटरसाईकल र स्कुटर विक्रीबाट दुई सय रुपैया संकलन गरी अक्षय कोष बनाएको छ । नेपालको पहिलो बि एस सिक्स, एफ.आइ टेक्नोलोजि स्कुटरमा साइड स्ट्यान्ड इन्जिन कट अफ, स्मार्ट मोटर जेनेरेटर तथा डिजिटल मिटर जस्तो फिचर रहेको स्कुटरको तौल ९९ के जि रहेको छ । सो माइलेज च्यालेन्ज कार्यक्रममा औषत माइलेज ७३.०५५ रहेको यामाहा नेपालका इन्जिनियर विलम चौधरीले जानकारी दिए ।








