संविधानको धारा ७६ (७) अनुसार संसद विघटन गरेको ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद विघटन गरेको बताएका छन् । नेकपा काठमाडौले गरेको ‘वृहत कार्यकर्ता भेला’ लाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार संविधानले प्रत्याभूत गरेकाले आफूले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विगठन गरेको बताएका हुन् ।

ताजा जनादेशले देशलाई नयाँ दिशा दिने ओलीले दाबी गरे ।

प्रधानमन्त्री ओलीले दोहोरोअंकमा सिट जितेर देखाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई चुनौती पनि दिए । दाहाल–नेपाल पक्षले आफूहरुसँग बहुमत भएको बताएको तर कोसँग बहुमत छ भनेर आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा थाहा हुने पनि ओलीले बताए । उनले भने, ‘कसको बहुमत छ त्यो बैशाखमा हेरौँ ।’

‘उहाँहरुको नारा र कृत्य देख्नेहरुलाई लाज लागिसक्यो’, ओलीले थपे, ‘तर गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन ।

प्रतिक्रिया