‘एउटा रुखबाट भेट्नो छिनेर दुईटा फल झरे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा रुखबाट भेट्नो छिनेर दुई वटा फल झरेको बताएका छन् । नेकपाको
काठमाडौं जिल्ला कमिटीद्वारा प्रतिष्ठानमा प्रज्ञा प्रष्ठिानमा शनिबार आयोजित ‘बृहत् कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति इङ्गित गर्दै ओलीले एउटा रुखबाट भेट्नो छिनेर दुई वटा फल झरेको टिप्पणी गरेका हुन् ।

‘एउटा रुखबाट दुई वटा फल भेट्नो छिनेर झरेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दुई वटा फल झर्दैमा रुख रित्तो हुँदैन ।’

रुखको रुपमा नेकपालाई र दुई फलको रुपमा दाहाल–नेपाललाई चित्रण गरेका ओलीले थपे , ‘दुई फल झर्यो, सकियो ।’

फरक प्रसङ्गमा ओलीले आफु नेतृत्वको सरकारले दुनियाँ आश्चार्यचकित पर्नेगरी विकास गरेको दाबी गरे ।

प्रतिक्रिया