कमरेडहरुको जंगली महत्वकांक्षाका कारण दूर्भाग्य निम्तियो : ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपा केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले अन्य नेकपा नेताको जंगली महत्वकांक्षाका कारण दूर्भाग्य निम्तिएको बताएका छन् ।

काठमाडौं जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भनेका छन्, ‘केही कमरेडहरुको जंगली महत्वकांक्षाका कारण दूर्भाग्य निम्तियो । मलाई यो आरोप लगाइरहँदा दुःख लागेको छ । जंगली महत्वकांक्षा पूर्ति गर्नको जस्तोसुकै कदम चाल्ने दुष्साहसी मनस्थितिका कारण यो अवस्था आयो ।’

प्रतिक्रिया