अफगानिस्तानमा अर्का पत्रकार मारिए
२०७७ पुस १८ गते

|तस्वीरः एजेन्सी|
एजेन्सी । अफगानिस्तानमा एक पत्रकारको हत्या भएको छ । घोर प्रान्तमा बन्दुकधारीको आक्रमणमा स्थानीय रेडियो स्टेशनका प्रधान सम्पादक बिस्मिल्लाह अइमकको मृत्यु भएकोहो ।
पछिल्लो दुई महिनामा कम्तिमा पाँच पत्रकारको अफगानिस्तानमा हत्या भएको त्यहाँको सरकारी तथ्याङ्कले देखाउँछ । रिपोर्टस विथआउट बोडर्सका अनुसार महिना दिनअघि पनि अइमकको हत्या प्रयास भएको थियो ।
त्यो बेला बाँच्न सफल भएका उनको शुक्रबार हत्या भएको हो । पछिल्लो समय अफगानिस्तानका अधिकारकर्मी तथा सरकार पक्षधर व्यक्तिहरुलाई निशाना बनाउन थालिएको छ ।
२०७७ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








