राजसंस्था र हिन्दु राष्ट्रकाे माग गर्दै राप्रपा सडकमा
२०७७ पुस १७ गते

काठमाडाैं । राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।
प्रतिनिधिसभा विगठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको दाबीसहित राप्रपाले त्यसको विरोधका साथै राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र स्थापनाका लागि शुक्रबार काठमाडाैंमा र्याली निकालेकाे हाे । देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलन सुरू गरिएकाे राप्रपाले जनाएको छ ।
भृकृटीमण्डपबाट सुरु भएको र्याली रत्नपार्कमा पुगेको छ । रत्नपार्कमा हुने सभामा राप्रपाका अध्यक्षहरु पशुपति शमशेर राणा , कमल थापा र प्रकाशचन्द्र लोहनी लगायतका शीर्ष नेताले सम्बाेधन गर्ने राप्रपाले जनाएको छ ।
२०७७ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








