आज पनि बढ्यो सुनको मूल्य, प्रतिताेला कति ? (मूल्यसहित)

काठमाडाैं । आज (शुक्रबार) सुनको मूल्य वृद्धि भएको छ ।

बिहीबार ९४ हजार १ सयमा काराेबार भएकाे छापावाला सुन आज ४ सयले बढेर प्रतिताेला ९४ हजार ५ सयमा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै तेजाबी सुनकाे मूल्य पनि बढेकाे छ । आज तेजाबी सुन प्रतिताेला ९४ हजारमा काराेबार भइरहेकाे छ । बिहीबार यसकाे मूल्य ९३ हजार ६ सय ताेकिएकाे थियाे ।

चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रतिक्रिया