चीनमा पनि भेटियो नयाँ प्रजातिको कोरोना भाइरस

काठमाडौं । चीनमा कोरोना भाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छन् । कोरोना भाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो, त्यसपछि यो संसारभरी फैलिएको हो ।

तर यो नयाँ भेरियन्टका सबैभन्दा धेरै संक्रमित बेलायतमा भेटिएका छन् । बेलायतबाट चीन पुगेकी २३ वर्षीया युवतीमा कोरोनाको नयाँ प्रकार भेटिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । चीनमा यो नयाँ भेरियन्टको पहिलो संक्रमण हो ।

संसारका धेरैजसो देशले हाल बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीब्र गतिमा फैलने बताइएको छ । पहिलो व्यक्तिमा संक्रमण पुष्टि भएलगत्तै चीनमा थप सतर्कता अपनाइएको छ । चीनले बेलायतसँगको सबै सिधा उडान तत्कालका लागि स्थगित गरेको छ । एजेन्सी

प्रतिक्रिया