नयाँ वर्ष सन् २०२१ मनाइँदै, छैन उल्लासमय माहोल

काठमाडौं । गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ ।

पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

छैन उल्लासमय माहोल
कोरोना महामारीका कारण यसपटकको नयाँ वर्षमा विश्वभरि नै पहिले जस्तो उल्लासमय माहोल छैन । अझै थुप्रै मुलुकहरु यतिबेला कोभिडविरुद्ध संघर्षरत् अवस्थामा भएकाले नयाँ वर्षको उत्सव मनाउनेसम्बन्धी विश्वव्यापी रुपमा विभिन्न नियमहरु लागू गरिएका छन् ।

आकाशमा झिलीमिली पटकाको प्रस्तुतिलगायत सबै किसिमका सार्वजानिक कार्यक्रमहरु सिड्नीदेखि र न्युयोर्कसम्मका शहरमा यसपाली रद्द गरिएको हो । उता युरोपमा त चाडपर्व मनाउने कार्य पूर्ण रुपमा रोक्ने प्रयास जारी छ । कोरोना भाइरसको नयाँ प्रकारका कारण तीव्र रुपमा फैलने डरले पनि त्यहाँ सबै योजनाहरु स्थागित गर्नुपरेको हो ।

फ्रान्समा भने सरकारले न्यु इयर इभका दिन पार्टी गर्न नदिन एक लाख प्रहरी नै खटाएको छ र रातिको समयमा कर्फ्यु पनि जारी गरिएको छ ।

प्रतिक्रिया