बागमतीकाे हार, सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडाैं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज (बिहीबार) भएकाे सेमिफाइनलमा बागमती प्रदेशले हार व्यहाेरेकाे छ । सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गर्दै आफू सेमिफाइनलमा उक्लिएको हो ।
दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलमा उक्लिएकाे हाे । माैसमका कारण ढिला सुरू भएकाे खेलमा टस जितेर ब्याटिङमा उत्रिएकाे सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन जाेड्न सफल भयाे ।
सुदूरपश्चिमकाे जितका लागि डोली भट्टले आक्रामक ब्याटिङ गर्दा अभिजित सर्वाधिक २८ रन जोडिन् । त्यस्तै कविता कुवँरले १९ रन बनाउँदा कविता जोशीले १२ रन जाेड्न सफल भइन् ।
बलिङतर्फ बागमतीका लागी आरती बिडारीले ३ विकेट लिँदा निशा तामाङले १ विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रनमा सीमित भयो । जसमा सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बागमतीका तर्फबाट कविता जोशीले सर्वाधिक ५ विकेट लिइन् । यस्तै रितु कनौजिया, कविता कुँवर र लक्ष्मी साउदले समान १/१ विकेट लिए ।
आजै जारी दोस्रो खेलमा सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको प्रदेश १ ले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।








