संसदीय दलको नेताबाट शेरधन राई हटाइए, चुनिए भीम आचार्य

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको छ ।

मुख्यमन्त्री राईलाई हटाएर नेकपाले भीम आचार्यलाई नेताको रुपमा चयन गरेको छ । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई चयन गरेको हो ।

प्रदेश नं. १ मा नेकपाका ६७ सांसद छन् । जसमध्ये ३७ जनाले राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । आजको बैठकमा भने ३६ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

राईविरुद्ध गत १२ गते अविश्वासको प्रस्ताव प्रदेश सचिवालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया