चितवन निकुञ्जमा फेरि अर्को गैंडा मृत फेला
२०७७ पुस १५ गते

फाइल फोटो
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैँडा मृत अवस्थामा फेला परेको छ ।
निकुञ्जको कोर ईलाका अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० बर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
निकुञ्जका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको आँकलन गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको र मृत गैडाको नियमानुसार पोष्ट मार्टमका लागि आवश्यक नमूना परिक्षणका लागि भेटेरेनरी शाखा पठाईएको निकुञ्जले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक पन्ध्र गरी जम्मा १९ वटा गैडा मरेका छन् ।
२०७७ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








