जंगली हात्तीको आक्रमणबाट १९ वर्षीया युवककाे मृत्यु
२०७७ पुस १४ गते

प्रतिकात्मक तस्विर
सुनसरी । जंगली हात्तीकाे आक्रमणबाट एक युवककाे मृत्यु भएकाे छ ।
कोशी गाउँपालिका-४ बस्ने १९ वर्षीया मोती कामतको जंगली हात्तीको आक्रमणबाट सोमबार साँझ मृत्यु भएको हाे ।
कोशी कटानमा मासु पसलमा मासु किनेर घर फर्कने क्रममा सोही ठाउँस्थित जुद्दगञ्जको चौरमा कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको उक्त हात्तीले अचानक आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
२०७७ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








