प्रतिनिधि सभा विघटनविरुद्ध विराटनगरमा पनि उर्लियो जनसागर [तस्वीरहरु]

विराटनगर । विराटनगरमा पनि प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन भएको छ ।

नेकपा मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटीको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सयौंको संख्यामा नागरिक सरिक भएका छन् ।

विराटनगरको वीरेन्द्र सभागृहबाट शुरु भएको प्रदर्शन जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ ।
कोणसभालाई नेताहरु भीम आचार्य, महेश रेग्मी, कुशल लिम्बुलगायतले सम्बोधन गर्नेछन् ।

मंगलबार खासगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको नेकपाले देशैभर प्रदर्शन गरिरहेको छ ।

गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पेचिलो बनेको राजनीतिक समस्या अहिले सडकमा पुगेको छ ।

|विराटनगरको नेकपाको प्रदर्शन। तस्वीरः सुजाता लिम्बु, मकालु खबर|

प्रतिक्रिया