केपी ओली निरङ्कुश तानाशाह हो : प्रचण्ड
२०७७ पुस १४ गते

फाइल तस्बिर
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली निरङ्कुश तानाशाह भएको बताएका छन् ।
मंगलबार (आज) काठमाडौंमा आयोजित सरकार विरोधी प्रर्दशनको भृकुटीमण्डपको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
यस्तै अध्यक्ष दाहालले ओलीको संघीयता विरोधी भावना अझैसम्म नगएकोसमेत बताएका छन् । ‘पहिले त केपी कमरेड गणतन्त्र विरोधी, संघीयता विरोधी हो भन्ने थाहा थियो । त्यसपछि लौ अब मैले मानेँ भनेर भन्नुभयो । होला त भनियो, तर, उहाँको त्यो भावना अझै पनि उस्तै रहेछ’, अध्यक्ष दाहालले भनेका छन् ।
यसैबीच अध्यक्ष दाहालले अब ओलीले माफी नमागेसम्म जनताले नस्वीकार्नेसमेत बताए ।
२०७७ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








