केपी ओली कामचलाउ भएका छन् : माधव नेपाल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपाल माधवकुमार नेपालले केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री भएको बताएका छन् ।

मंगलबार (आज) काठमाडौंमा आयोजित सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई पार्टीले कारबाही गरेको भन्दै अब कामचलाउ मात्रै भएको बताएका हुन् । ‘केपी ओलीलाई पार्टीले कारबाही गर्यो । त्यसैले उनी अब कार्यकारी प्रधानमन्त्री रहेनन् । कामचलाउ मात्रै भएका छन्’, अध्यक्ष नेपालले भनेका छन् ।

यसैगरी अध्यक्ष नेपालले ओलीले संविधानमाथि कुठाराघात गरेको पनि बताए ।

प्रतिक्रिया