‘रानी पोखरी केपी ओलीले होइन, सिकर्मीहरुले बनाएका हुन्’

काठमाडौं । नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानमाथि कुठाराघात गरेको बताएका छन् ।

मंगलबार काठमाडौंको प्रदर्शनलाई सम्बोधन गर्दै नेता खनालले संविधानमा हुँदै नभएको अधिकारको प्रयोग गर्दै ओलीले प्रतिनिधि सभा विघटन गरेको पनि बताएका छन् ।

संविधानबाट संसद विघटन गर्ने प्रधानमन्त्रीको ‘विशेषाधिकार’ लामो बहसपछि हटाइएको र उक्त निर्णयबारे ओली आफैँ पनि सहमत भएको बताउँदै नेता खनालले भनेका छन्, ‘यही बहसमाथि लामो बसाइ आज म सम्झन्छु । हामीले लामो बहसपछि प्रधानमन्त्रीको उक्त विशेषाधिकारलाई संविधानबाट हटाएको थियौं । तर, आज ओलीले संविधानलाई कुल्चेरै प्रतिनिधि सभा विघटन गरे ।’

यस्तै फरक प्रसङ्गमा नेता खनालले रानी पोखरी ओलीले नभइ सिकर्मीहरुले बनाएको बताएका छन् । वर्तमान राष्ट्रिय राजनीतिसँग दाँज्दै बोलेका नेता खनालले भनेका छन्, ‘के रानी पोखरी केपी ओली बनाएको हो ? होइन नि, रानी पोखरी त सिकर्मीहरुले बनाएका हुन् ।’

 

प्रतिक्रिया