श्रीमानलाई मारेको छु भन्दै श्रीमती प्रहरी कार्यालय पुगेपछि…
२०७७ पुस १३ गते

रुकुम पश्चिम । आफ्नै श्रीमानकाे हत्या अभियाेगमा एक महिला पक्राउ परेकी छिन् ।
३४ वर्षीय चित्र बहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
डल्लीले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








