‘मुख्यमन्त्रीज्यूले बाटो खोलिदिनुभएपछि अविश्वासको प्रस्ताव आएको हो’

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । यसअघि आजै बिहान दाहाल–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए । त्यसपछि मुख्यमन्त्री राईले आफ्नो बाटो खोलेको बताउँदै आङ्बो नै प्रस्तावको प्रस्तावक बने ।

अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि मकालु खबरले आङ्बोलाई अविश्वासको प्रस्तावबारे सोधेको थिए । आङ्बोको जवाफ यस्तो थियो ।

–उहाँ (मुख्यमन्त्री) ले बाटो खोल्दिनुभयो । बाटो खोलिसकेपछि त ल्याउन परिहाल्यो नि । अब दल नै फरक परिसकेपछि, बहुमत सदस्यहरु फरक दलमा भइसकेपछि अनि आफ्नो दलको नेताप्रति विश्वास नै छैन भने त अविश्वासको प्रस्ताव आउन कुन ठूलो कुरा रह्यो र ? खास कुरा भनेको मुख्यमन्त्रीज्यूले पहिले बाटो खोल्नुभयो । अनि सबै कुरा भएका हुन् ।

प्रतिक्रिया