एभर्टन दोस्रो स्थानमा उक्लियो, आर्सनल र सिटी पनि विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले शेफिल्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा खेलको एक मात्र गोल गिल्फी सिगुर्सनले खेलको ८०औ मिनेटमा गरेका हुन् । यो जितपछि एभर्टन लिगको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनको १५ खेलमा २९ अंक भएको छ भने शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ । त्यस्तै शेफिल्ड भने १५ खेलमा केबल २ अंक हासिल गर्दै पुछारमा रहेको छ ।

गएराती नै भएको अर्को खेलमा आर्सनलले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेटे, ग्रानिट जाखा र बुकायो साकाले एक एक गोल गरेका थिए भने चेल्सीका लागि एक गोल टामी अब्राहीमले फर्काएका थिए ।

यो जितपछि आर्सनलको १५ खेलमा १७ अंक रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ । त्यस्तै चेल्सी भने १५ खेलमा २५ अंक हासिल गर्दै सातौ स्थानमा झरेको छ ।

त्यस्तै गएराती नै भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा इके गुन्डोगण र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि सिटीको १४ खेलमा २६ अंक भएको छ भएन लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै न्युक्यासलको भने १४ खेलमा १८ अंक छ भने लिगमा १२औ स्थानमा रहेको छ ।

प्रतिक्रिया