सुनसरीको धरानमा नेकपा र जसपाको राके जुलुस

भरतराज शर्मा (गोपाल)

सुनसरी । संसद विघटन गरेको विरोधमा सुनसरीको धरानमा राके जुलुस निकालिएको छ ।

प्रचण्ड नेपाल समूहको नेकपा धरान नगर कमिटिले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको घोर बिरोध गर्दै पार्टी कार्यालयको प्राङगनबाट सो राके जुलुस निकालेको पार्टीका नगर सचिव सुर्दशन श्रेष्ठले जानकारी दिए ।

राके जुलुसको क्रममा प्रधानमन्त्री केपी ओली विरुद्ध नारावाजी गर्दै भानुचौक पुगी कोणसभा गरेका थिए । कोण सभालाई विभिन्न पार्टीका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए ।

त्यस्तै जनता समाजवादी पार्टीले पनि संघीय संसदमा एक कार्यकाल अर्थात (५ वर्ष) का लागि अत्यन्त सुविधाजनक बहुमतको अवस्थामा पुगेको सत्तारूढ नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) को तर्फबाट देशको कार्यकारी प्रमुख बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल गरेको अनुमोदनले देशको सार्वभौम संसदलाई असमयमै विघटन गरिदिएको प्रति आपत्ति जनाएको छ ।

जसपा पनि नारा जुलुससहित भानुचौक पुगी कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया